स्वरालाई अज्ञात धम्की

0
Shares

बलिउड अभिनेत्री स्वारा भाष्कर आफ्नो अभिनय क्षमताका साथमा सामाजिक मुद्दामा राख्ने धारणाका कारण चर्चित छिन्। हिजोआज भने उनी राजनीतिक मुद्दामा आफ्नो मत राखेका कारण चर्चामा छिन्।

उनी बेलाबेला आफ्नो विचारका कारण पनि सामाजिक सञ्जालमा टझोल भइरहन्छिन्। तर यी सबै कुरालाई बेवास्ता गर्दै अँईरहेकी स्वारालाई हालै प्राप्त एक पत्रले भने झस्काएको छ।

स्वाराको मुम्बईस्थित घरमा अज्ञात व्यक्तिले पठाएको उक्त चिठीमा स्वरालाई ज्यान मार्ने धम्की दिइएको छ। केही दिनअघि भारतको उदयपुरका टेलर ञकन्हैयाु नामक व्यक्तिको हत्याको बारेमा प्रतिक्रिया दिएपछि स्वारालाई उक्त धम्कीसहितको हस्तलिखित पत्र प्राप्त भएको हो। स्वराले यसबारे प्रहरीमा उजुरी दर्ता गराएकी छन् भने सामाजिक सञ्जालमा उक्त चिठी सेयर गर्दै आफूलाई आएको धम्कीबारे दर्शकलाई जानकारी गराएकी छन्। प्रहरीले यस विषयमा अनुसधान गरिरहेको भरतीय अनलाइन सेवा अमर उजालामा प्रकाशित समाचारमा उल्लेख छ।