बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काठमाडौंमा बोलाए संसदीय दलको बैठक



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । भोलि (शनिबार) विहान ११ बजे बस्नेगरी पाण्डेले दलको बैठक बोलाएका हुन् ।

शनिबार बस्ने उक्त बैठकमा समसामयिक विषयमा छलफल गर्ने बागमती प्रदेश सभा सदस्य कुसुम कार्कीले जानकारी दिए ।

बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डे काठमाडौ आएर दलको बैठक बोलाएका हुन् । पाण्डेले गठबन्धनले निर्णय गरे सरकार छोड्न तयार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्