कांग्रेस नेता डा.शेखर कोइराला गुटको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला गुटको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर डा.शेखर कोइरालाले आफू निकट पदाधिकारी र केन्द्रीय सदस्य तथा नेताहरूलाई काठमाडौंमै बोलाएर बैठकमा सहभागी गराएका हुन् ।

हिजो (बिहीबार) सुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज (शुक्रबार)सम्मका लागि लम्बिएको बताइएको छ । बिहीबार ११ जना नेताले आफ्नो धारणा राखेका थिए । शुक्रबार महामन्त्री गगन थापा र डा. कोइरालाले नेताहरुको प्रश्नको जवाफसहित धारणा राख्ने छन् ।

यही असार २७ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति यो बैठकले तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्