जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई कालोमोसो र जुत्ताको माला !



काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई विद्यार्थी कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले झालाई कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् ।

छपाइमा ढिलाइ र विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुर्याएको भन्दै उनीहरुले प्रबन्ध निर्देशक झालाई कालोमोसो र जुत्ताको माला लगाएका हुन् ।

अनेरास्ववियू (क्रान्तिकारी)का केही कार्यकर्ताले झाको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

उनीहरुले पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको आरोप लगाउँदै झालाई कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्