रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा न्यौपाने

14
Shares

ललितपुर ।

रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा विकास न्यौपाने चयन हुनुभएको छ । क्लबको १४ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै अध्यक्ष प्रस्ताब गर्ने प्रचलन हुन्छ । सोही अनुसार न्यौपाने एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

क्लबको उपाध्यक्षमा रोटरियन निरञ्जन श्रेष्ठ, सचिवमा रोटरियन चुडा श्रेष्ठ,कोषाध्यक्षमा रोटरियनमदन महत , एड्मिन प्रमुखमा रोटरियन विजयकाजी डंगोल, टिआएएफमा रोटरियन मदन मलेकु, पब्लिक इमेजमा रोटरियन ईश्वर जिसि,सर्जेन्ट आम्समा राजकृष्ण श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा रोटरियन इन्द्रभक्त मानन्धर, मेम्बरसिप चियरमा रोटरियन शिवगोपाल थापा, प्रेसिडेन्ट नोमिनीमा पिताम्बर खनाल र क्लब ट्रेनरमा लालबहादुर चन्द चयन हुनुभएको छ ।
कार्यक्रममा आगामी कार्यकालको लागि सिहराज थापालाई प्रस्ताब गरिएको छ ।

बिहीबार ललितपुरमा आयोजित समारोहमा अध्यक्ष्यमा चयन हुनुभएका न्यौपानेलाई समारोहका प्रमुख अतिथि पुर्व डिस्ट्रिक गभर्नर जयराज्य लक्ष्मी शाहले पिन प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति शाहले समाजसेवामा समर्पित रोटरी क्लबले समाजसेवा बाहेक अन्य कुनै विषय नसोचेको बताउनुभयो । उहाले भन्नुभयो–हामीले ६ क्षेत्रमा काम गरिरका थियौ,योवर्षबाट वातावरण थपिएर सात पुगेको छ । विश्वभर फैलिएको यो संस्थामा आबद्ध हामी सबैले रोटरीको भावना अंगिकार गर्नुपर्ने बताउनुभयो । उहाले नया कार्यसमितिलाई पुर्ण कार्यकालको शुभकामना दिनुभएको थियो । त्यस्तै असिष्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले आफ्नो क्षेत्र अन्तर्गत रहेको रोटरी क्लब अफ सैबु भैसेपाटीले उत्कृष्ठ योगदान गरेको बताउनुभयो ।त्यसको लागि क्लबका अध्यक्ष मिलन थापा लगायत टिमलाईधन्वयाद दिन चाहन्छु भन्नुभयो । उहाले क्लबले गरेको सबै कामको मुल्याङकन गर्दा पाचतारा( उत्कृष्ट क्लब ) पाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मिलन थापाले सबैको सहयोग र हौसलाले गर्दा सामाजिक कार्य गर्न सजिलो भएको बताउनुभयो । भन्नुभयो–मेरो कारणले मात्र फाइभ स्टार पाएको होइन , सब पदाधिकारीको उतिकै सहयोग र योगदानले गर्दा उत्कृष्ठ हुन सफल भएको हो ।

कार्यक्रममा अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सामारोहमा एसिष्टेन्ट गभर्नर दीपक थापाले रोटरी क्लब अफ सैबु भैसेपाटीले एकवर्षमा गरेको कामको खुलेर प्रसंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै कोषध्यक्ष मदन महतले विषेशगरी एसिष्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठको निरन्तर मार्ग निर्देशनको कारण सबैु रोटरी उत्कृष्ठ हुन सफल भएको बताउनुभयो । उहाले एक वर्षको कामको मुल्याङकन गर्दा सबै सदस्यको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका १८ का वडा अध्यक्ष दामोदर खड्का, २५ का वडा अध्यक्ष दौलत केसी, ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाछेथु, समाजसेवि अमृत खड्का, वालकुमारी आधारभुत विद्यालयका प्रधानअध्यापक कृष्णहरी थापा,जनउदय माविका प्रअ मोदनाथ लम्साल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष रोटरियन न्यौपानेलाई ब्वाइज युनियन क्लबले सम्मान गरेको थियो ।