बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रको दबाब, हस्ताक्षर संकलन



हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री फेर्न सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले हस्ताक्षर संकलन गर्न सुरु गरेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले हस्ताक्षर संकलन गर्न सुरु गरेको हो ।

आज (बिहीबार) बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्नका लागि दबाव दिनसांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको भएपनि मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आनकानी गरेको भन्दै दबाबका लागि हस्ताक्षर संकलन गर्न सुरु गरिएको सांसद सीता अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्