त्रिवि कर्मचारी संघमा एमालेको क्लिन स्विप

0
Shares

काठमाडौं । 

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील कर्मचारी समूहका छत्रबहादुर कार्कीसहितको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न मतपरिणाम अनुसार सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई एमाले निकट प्रगतिशील कर्मचारी समूहले क्लिन स्विप गरेको हो । २९ सदस्यीय कार्यसमितिमा सबै एमालेका कर्मचारी विजयी भएका छन् ।

कार्कीले सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार पुण्यप्रसाद आचार्य पराजित गर्नुभएको थियो । संघको असार १० गते देशभर भएको निर्वाचनको मतगणना असार १४ गते राति सकिएको हो ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र लामा निर्वाचित हुनुभएको छ । ७ उपाध्यक्षमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिग्मा जोर्दे शेर्पा विजयी हुनुभएको छ ।

महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सृजना भोमी, उज्ज्वलमान प्रधान र प्रतिमा खत्री निर्वाचित हुनुभएको छ । कार्यसमितिमा १३ जना सदस्य निर्वाचित भएका छन् ।सदस्यहरूमा रेणुमाया दाहाल, शान्तिकृष्ण केसी, ललितबहादुर रानामगर, ज्ञानबहादुर गुरुङ, निरञ्जन थापा, मोदनाथ लम्साल, पिताम्बर पंगेनी, इन्दिरा विष्ट रहनुभएको छ । त्यस्तै, नवराज वराल, विनोद श्रेष्ठ, चन्द्रबहादुर भण्डारी, सरस्वती गौतम र हरिकला अधिकारी सदस्यमा विजयी हुनुभएको छ ।