असार १६ गते बिहीबार, यस्तो छ आजको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज खानपिन र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ, तर परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ र वैदेशिक काम अधुरै रहन सक्छ, तर शेयर बजारले साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

–हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्