मौसम सुधार नभएसम्म फोहोर नउठ्ने



काठमाडौं ।

मंगलबारदेखि परेको अविरल वर्षाको कारण बाटो अवरुद्ध हुँदा उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छ । सडक विभागले बुधवारबाट बाटो मर्मत गरी फोहोर व्यवस्थापन गर्न सहज बनाउने जनाएपछि वर्षा नरोकिएको कारण फोहोर उठ्न नसकेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागले मौसम सुधार नभएसम्म फोहोर उठाउन कठिन हुने जनाएको विभागका बञ्चरेडाडा ल्याण्डफिल साइट इन्चार्ज रविन प्यासीले बाटो नबनेको कारण ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न नसकिएको बताउनुभयो ।

ल्याण्डफिल साइट क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ बुधवार दिउसो नेपाल समाचारपत्रसँग कुरा गर्दै प्यासीले भन्नुभयो–वर्ष नरोकिएसम्म फोहोर उठाउन र ल्याण्डफिल साइटमा लैजान सकिँदैन । कामपाले राजधानीवासीलाई केही दिन घरबाट फोहोर नफ्याँक्न आग्रह गरेको छ । बाटो बन्नासाथ कामपाले लगातार फोहोर व्यवस्था पर्ने गर्ने जनाएको छ । टेकु ट्रान्सफर स्टेशन समेत भरिभराउ भैसके कारण कामपाले ट्रान्सफर स्टेसनमा फोहोर थुपार्न सकेको छैन ।

बाटो बन्नासाथ निरन्तर फोहोर उठाउन सुरु गर्ने महानगरको भनाई छ ।कामपाबाट मात्र दैनिक करिब एक हजार टन फोहोर बन्चरे ल्याण्डफिल साइटमा लैजाने गरेको छ । कामपा सहित १७ स्थानीय तहको फोहोर बञ्चरेमा व्यवस्थापन हुने गरेको छ । बाटो हिलाम्य भएको र केही स्थानमा सामान्य पहिरो गएको कारण समस्या बढेको कामपाको भनाई छ । महानगरले मंगलबार दुई तिनदिनमात्र फोहोर लैजान नसक्ने जनाएको थियो । सडक विभागले बाटो बनाउन सुरु नै नगरेको कारण वर्षा नरोकिएसम्म फोहोर विसर्जन हुने कम सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्