जनतालाई केन्द्रमा राखेर काम गर्छु : मन्त्री कुँवर



काठमाडौं ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनु भएको छ ।

बुधबार राजधानीमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बधाई शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउनु भएको हो । उहाँले जनतासँगै आफ्नो पार्टीलाई समेटेर लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो पहिलो प्राथमिकता भनेको जनता हो, पार्टीलाई पनि प्राथमिकतामा राखेर काम गर्छु।’

उहाँले मन्त्री पदमा रहँदा समेत जनतासँग प्रत्यक्ष जोडिने बताउँदै आफूमाथि आशंका नगर्न  नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

मन्त्री कुँवरले पार्टीले प्रदान गरेको जिम्मेवारी समग्र सुदूरपश्चिमकै लागि अवसर रहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्