विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो टोली



काठमाडौं ।

सशस्त्र प्रहरी बलले  मनसुनजन्य विपद् व्यवस्थापनका लागि तालिम लिएका २०३४ जनशक्तिलाई देशभर परिचालन गरेको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले विपद्को प्रतिकार्यका लागि खटाएको हो ।

सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्दार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्कानले बताए ।

विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको खड्का ले बताए । ‘विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्दार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको खड्का बताए ।

प्रतिक्रिया दिनुहोस्