लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा



काठमाडौं ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । पटक पटक विवादमा आइरहेकी मन्त्री वलीले वुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा दिएकी छन् ।

केही दिन अघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि उनको चौतर्फी आलोचना थियो ।

वलीविरूद्ध बस्नेतकी श्रीमती मीनाले प्रहरीमा उजुरी दिएकी थिइन्। घटनाबारे सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेश सरकारले छानबिन समिति  गठन गरेको थियो।

छानबिन समितिलाई सघाउन वलीले राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्