द्धन्द्धकाल सम्झाउने दोखको टझेलर सार्वजनिक



आगामी असार २४ गते रिलिज हुने फिल्म दोखको टझेलर राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको छ।

सार्वजनिक पौने दुई मिनेटको टझेलरमा सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा सामूदायिक वनको विषयलाई लिएर दुई गाउँबीच भएको युद्ध देखाइएको छ। टझेलरमा तत्कालीन सशश्त्र द्धन्द्व र त्यसको असर झल्कने विभिन्न चोटिला दृश्य समावेश गरिएको छ।

समारोहमा फिल्मका निर्देशक तथा रंगकर्मी अनुप बरालले द्वन्द्व प्रवाभित परिवारको संवेदनालाई छुने खालको कथामार्फत मानवीय पक्षलाई उठाउन खोजिएको बतँए। ञद्वन्द्वकाल सम्झँदा खाली स्कुल, बेन्च मानिसहरुको उदासिन अनुहार बेरोजगार युवाहरुको याद आउँछ। त्यतिबेला चाहे आर्मीको होस् या माओवादीमा लागेको कमरेडको विम्ब मेरो दिमागमा जहिले बसेको छ। शायद यसैको कारण पनि म यो फिल्मसँग जोडिएको हु यो फिल्म मल्टी क्यारेक्टर भएको ठूलो क्यान्भास जस्तै हो,ु उनले भने।

फिल्मकी मूख्य कलाकार दिया मास्केले फिल्ममा आफ्नो चरित्र त्यसै उभिएको मात्र नभई त्यसको महत्वपूर्ण अर्थ रहेको बताइन्। ञमैले आप्mनो भूमिकाअनुसार काम गर्ने कोशीश गरेकी छुँ उनले भनिन्।अस्टझेलियामा रहेर फिल्म निर्माण गर्दै आएका निर्माता सविन ज्ञवालीले फिल्म २०७२ सालमा नै बन्न शुरु गरे पनि भूकम्प, मधेस आन्दोलन, कोभिड+१९ जस्ता विभिन्न घटनाका कारण बन्न समय लागेको बताए। ञफिल्म बनाउनेहरुलाई केहीले पनि रोक्दो रहेनछ।

जति नै अप्ठेरा आए पनि कथाप्रतिको विश्वाशका कारण हामीले यो फिल्म बनाएका छौँ। यो फिल्मले सबै व्यक्तिहरुलाई छुनेछ, उनले भने। फिल्मका फूटबल कोरियोग्राफर अमन प्रताप सिहले गाउँले परिवशेमा रहेर फुटबल कोरियोग्राफी गर्न‘पर्ने र आफूले कहिल्यै पनि गाउँले फूटबल नखेलेको अनि नदेखेको कारण आफूमाथि चुनौती रहेको बताए।राजन कठेतको लेखन रहेको फिल्ममा दिया मास्केको साथमा मनीष निरौला, लोकमणी सापकोटा, माओत्से गुरुङ, राज थापा काउच, सुरज मल्ल, रोए दीप, कमल देवकोटा, साजन थापा मगर, अनोज पाण्डे, दिवाज राज किराँती, रजत राई, देव न्यौपाने, केशवराज युप्स, किरण चाम्लिङ, लीलाराज खतिवडा, किरण सुनवार,अमन प्रताप अधिकारी, कुलचन्द्र न्यौपाने, सीता कुमारी न्यौपाने, मनोज गिरी, दुपती राई, लक्ष्मी देवी राई, जन्का मनिता राई, विष्णु तामाङ, शान्ता तामाङ तथा बाल कलाकारहरु विरल प्रताप अधिकारी, सेवान्त लुईंटेल, अभिनित चौलागाईं, रञ्जना तामङ, रश्मच आलेमगर र हाङ डिमा हाङ राईको अभिनय रहेको छ।

त्यस्तै, फूटबल खेलाडीमा तुफान किराँती वान्तवा, डिक बहादुर प्रधान, रुपक भुजेल र हाङ ओ हाङ राई रहेका छन्। सविन ज्ञवालीको साथमा मनोज अधिकारी निर्माता रहेको फिल्ममा समावेश गीतमा अमृत गुरुङ, झुमा लिम्बू प्रेमकला राई, सुशिला राई, भूषण राई र योगेन्द्र राईको स्वर रहेको छ। फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, उत्तक न्यौपानेको साउन्ड डिजाइन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्