आनीको स्वर माधुर्यतामा घन्कियो कन्सर्ट



????????????????????????????????????

फूलको आँखामा फूलै संसार गायिका आनी छोइङ डोल्मा लामो समयको अन्तरालपछि हालै ललितपुरस्थित सेन्ट मेरिज स्कुलको हलमा लाइभ कन्सर्टमा प्रस्तुत भएकी छन्।

आनी हिल द अर्थ: अ म्युजिकल इभिनिङ विथ आनी छोइङ डोल्मा नामक करिब दुई घन्टाको कन्सर्टमा प्रस्तुत भएकी हुन्। दर्शकले खचाखच हलका बीच आनीले आफ्नो आध्यात्मिक गीतका साथसाथै लोकप्रिय गीतमा स्वर माधुर्यता छर्दै संगीतप्रेमीलाई मोहित तुल्याएकी थिइन्। आनीले विश्वविख्यात गायक माइकल ज्याक्सनको वातावरणसम्बन्धी हिल द वल्र्ड पनि सुनाएकी थिइन्।

कन्सर्टमा भारतको पश्चिम बंगाल कोलकत्ताबाट हालसालै नेपालकी बुहारी बनेकी लाबोनी चक्रबोर्तीले पनि आफ्ना सांगीतिक प्रस्तुतिले संगीतप्रेमीको मन जित्ने प्रयास गरेकी थिइन्। दुवै गायिकालाई नेपालबाट अमेरिकाको विख्यात ग्रामी अवार्डमा मनोनित भएका मनोज सिंह नेवाले बाँसुरीमा साथ दिएका थिए। कन्सर्टमा डझममा सञ्जय श्रेष्ठ, गितारमा गोपाल रसाइली र किबोर्डमा प्रज्वल लामा थिए।

वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सचेतनामूलक सांगीतिक कार्यक्रमबाट संकलित रकम साँखुस्थित सुष्मा कोइराला मेमोरियल टझस्टद्वारा सञ्चालित बर्न इन्ज्योरी भएका बिरामीका लागि खर्च गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्