आशाको आड



सिन्धुलीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी बहुप्रतिभाशाली अभिनेत्री आशा भुसालले कसैको सहारा र आड भरोसाबिना नै कलाक्षेत्रमा पाइला चालिन् र नाम बनाइन्। कलाक्षेत्रमा प्रवेश गर्दा आशाले कसैको साथ, सहयोग अनि आड भरोसा केही पाइनन्, केवल आफ्नो प्रतिभाकै आधारमा करियरलाई बलियो बनाउन सफल भइन्।
यही दरिलो प्रतिभा नै अहिले उनको बलियो आड र भरोसा बनको छ।

कला क्षेत्रमा मेरो कोही थिएन। न कसैको सहयोग, न कसैको साथ। आफ्नै बलबुतामा यहाँसम्म आइपुगेको छु। मभित्रको प्रतिभा र आत्मविश्वास नै अहिले मेरो करियरको लागि आड भएको छु आशाले सुनाइन् यही आडको भरमा अबको यात्रालाई पनि अघि बढाइरहेको छ ।एउटा सफल कलाकार बन्नका लागि अभिनय, नृत्य, द्वन्द्वजस्ता धेरै विषयमा पारंगत हुन जरुरी छ। करियरलाई अघि बढाउँदै जाँदा आशा यी विधामा यसरी पारंगत हुन पुगिन् कि, यसकै कारण उनीप्रति कलाक्षेत्र पनि आशावादी हुन पुग्यो।

कलाक्षेत्रको यही आशालाई पूरा गर्दै अभिनेत्री आशाले कुशल नृत्यदेखि अभिनयसम्म प्रदर्शन गरेर निर्माता निर्देशकका साथमा दर्शकको मन जित्दै आएकी छन्। तर, यसरी मन जित्न भने आशालाई शुरुवातमै सजिलो भएन। कोरस कलाकार, टेलिसिरियलमा अभिनय, म्युजिक भिडियोमा मोडलिध्र र अभिनय अनि ठूलो पर्दाका फिल्ममा अभिनय गर्दै उनले निर्माता निर्देशकदेखि दर्शकसम्मको मन जितेकी हुन्। यसरी एकपछि अर्को विधामा फड्को मार्दै जाँदा आशा अहिले म्युजिक भिडियोदेखि टेलिसिरियल र ठूलो पर्दाको फिल्मसम्मका लागि निर्माता निर्देशकको छनोटको अभिनेत्री र मोडल बन्न पुगेकी छन्।

एउटा सशक्त कलाकार बन्नका लागि शारीरिक भावभंगी, हाउभाउदेखि लिएर फेसियल एक्सप्रेसनमा पारंगत हुन जरुरी हुन्छ। कोरस कलाकारबाट करियर शुरु गरेका कारण आशा यी प्रतिभामा माहिर भएर निस्किइन्। फलस्वरुप कमेडीदेखि सामाजिक सिरियलसम्म, ग्रामीणदेखि शहरी युवतीको भूमिका युक्त फिल्मी नायिकासम्ममा उनी जम्न पुगिन्।

मलाई बाल्यकालदेखि नै कलाक्षेत्रमा रुचि थियो। त्यसैले, स्कुलका कार्यक्रममा कहिले नृत्य त कहिले अभिनय गरेर भाग लिन्थें। ती कार्यक्रममा नृत्य र अभिनय गरेर नगद र कपी कलम पुरस्कार पनि पाउँथें। त्यसपछि कोरस डान्सर भएर कला क्षेत्रमा करियर शुरु गरेँ। जसबाट फेसियल एक्सप्रेसनदेखि बडी ल्याध्रवेजजस्ता कुरामा अहिले आएर मलाई सजिलो भएको छु आशा भन्छिन् डान्समा धेरै भिजेकाले जस्तोसुकै प्रकारको भूमिकामा समेत अभिनय गर्न मलाई इजी फिल भएको छ।

केही समयसम्म कोरस डान्सरका रुपमा नृत्य गरेर अनुभव बटुलेपछि सुनौलो संसार नामक सिरियलमा अभिनेता स्व. दीपक क्षेत्रीको छोरीको भूमिकाबाट अभिनय यात्रा आरम्भ गरेकी उनले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन। डायल द हन्ड्रेड, धूमपान मद्यपानजस्ता सामाजिक शिक्षा र चेतनामूलक टेलिफिल्मदेखि मेरी बास्सै, भद्रगोल, हल्का रमाइलोजस्ता हास्य सिरियलमा गम्भीरदेखि हास्य भूमिकासमेतमा अभिनय गरी आपूmलाई स्थापित र कुशल कलाकारका रुपमा उभ्याएकी छन्।

हाल भद्रगोल सिरियलमा देखिइरहकी र चाँडै नै परदेशी हजुरमा देखिने उनले म्युजिक भिडियो क्षेत्रमा पनि भिन्न स्थान बनाएकी छन्। ए भुपु माया, हुन्थ्यो भने अजम्बरी, बुभ्ने होइन कहिले, मेरो सानुलगायत तीन दर्जन जति म्युजिक भिडियोमा अभिनय र मोडलिध्र गरेकी उनले मेलिना राई, शान्ता परियार, रञ्जित परियारजस्ता गायक गायिकाका गीतको म्युजिक भिडियोलाई अभिनय र मोडलिध्रका माध्यमले सजिव तुल्याएकी छन्।

ओस्कार एकेडेमी अवार्डसम्म पुगेको फिल्म सुनपानीकी यी नायिकाले दुश्मन, समर्पण, लभ इज लाइफ, बबालजस्ता फिल्ममा खारिएको अभिनय क्षमता प्रदर्शन गरेकी छन् भने उनीद्वारा अभिनीत फिल्म झि“गे दाउ रिलिजको तयारीमा छ। कला क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय आशाले अभिनय क्षमताकै कारण नेपाली मात्र नभई भोजपुरी फिल्ममा समेत आप्mनो भिन्न परिचय बनाएकी छन्।

अबी रोबाब नाचली, साजनकी ढुवानी, हम तो दिवानी हो गईजस्ता भोजपुरी फिल्ममा अभिनय गरेर त्यो भाषाको समेत निर्माता निर्देशकका साथमा दर्शकका मन जित्दै आएकी उनी शुरुमा भाषाका कारण भोजपुरी फिल्ममा अभिनय गर्दा केही कठिनाइ भए पनि चाँडै नै सो भाषा जानेको बताउँछिन्। भोजपुरी भाषाको फिल्ममा काम गर्दा म शुरुमा नर्भस थिएँ। किनभने मलाई भोजपुरी भाषाको ज्ञान थिएन। तर, काम शुरु गरेको केही दिनमै सजिलो महशुस भयो। त्यसैले त भनिएको रहेछ कलाको कुनै भाषा हुँदैनु उनी भन्छिन्।

डन्ट माइन्ड, दोबाटोजस्ता सर्ट फिल्ममा समेत अभिनय गरेकी आशा केही समययता आएर भने छनोटका फिल्म र म्युजिक भिडियोमा मात्रै काम गरिरहेको बताउँछिन्। म्युजिक भिडियो र फिल्मको अफर आइरहेका हुन्छन्। तर, अफर आएका सबैमा काम गर्दिनँ। स्क्रिप्ट, भूमिका र पारिश्रमिक चित्त बुझे मात्र काम गर्छुु उनी भन्छिन् अफर आएका सबै म्युजिक भिडियो र फिल्ममा काम गर्ने भन्दा पनि सार्थक र सधैं सम्झिने प्रोजेक्टमा काम गर्न चाहन्छु। स्क्रिप्mट, भूमिका र पारिश्रमिक सबैमा कुरा मिलेपछि केही फिल्म भने साइन गरेको छु।

ड्रामा कम्पिटिसन २०१२, मिस टिन अफ द इयर २०१७, निम अवार्ड २०२२ जस्ता विभिन्न विधाका प्रतियोगिताको निर्णायक रहँदै आएकी उनले टेलिफिल्म र फिल्ममा गरेको कुशल अभिनयका लागि एएनपी नेसनल अवार्ड २०२१, नेसनल वीराट म्युजिक एन्ड फिल्म अवार्ड २०२१, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२१ जस्ता अवार्डलाई आप्mनो बनाउन सफल भएकी छन्।

प्रतिक्रिया दिनुहोस्