जुनियर मिस नेपाल २०२२ को उपाधि क्रिन्जीलालाई



काठमाडौं ।

यस वर्षको जुनियर मिस नेपाल २०२२ को ताज सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन्। फाइनल प्रवेश गरेका २० प्रतिस्पर्धीलाई उछिन्दै १२ वर्षीय क्रिन्जीला जुनियर मिस नेपाल बनेकी हुन्। जुनियर मिस नेपालको ताजसँगै उनले ३ वटा टाइटल अवार्ड पनि जितेकी छन्।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्स अवार्ड, फेसबुक च्वाइस विनर र पब्लिक च्वाइस विनरसमेत जितेकी हुन ।

चौतारा भिन्तुनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षीय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छन । जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यस पटक सुरबी प्रजापति बनिन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनिका २० बालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्