जनकपुरधाममा दिल्लीबाट छुकछुक गर्दै आइपुग्यो ‘धार्मिक रेल’



काठमाडौं । जनकपुरमा भारतको दिल्लीबाट छुकछुक गर्दै धामिर्क रेल आइपुगेको छ । अस्ति (मंगलबार) दिल्लीबाट धार्मिक पर्यटक लिएर गुडेकोे रेल आज (बिहीबार) जनकपुर आइपुगेको हो ।

मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उदघाटन गरेका थिए ।

रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रीलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णव लगायतले स्वागत गरेका थिए ।
भारतबाट आएका तीर्थालुहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शन र गंगा आरतीमा सहभागी गराउने कार्यक्रम छ । रेलले नेपाल र भारतमा गरी १८ दिनको यात्रा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्