काठमाडाैं ।
बेलायतको एउटा प्रमुख वृत्तचित्र महोत्सव र वृत्तचित्र परियोजनाका लागि विश्वको सबैभन्दा प्रभावशाली बजारमध्येको एक सेफिल्ड डकफेस्टमा सहभागी हुन पाँच नेपाली महिला फिल्म निर्माता यसै महिना बेलायत जाने भएका छन्।
बेलायतको तास्कोभस्की फिल्म्सको नेतृत्वमा रहेको ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रममार्फत महिला निर्माता तथा पामे चलचित्र तथा संगीत महोत्सवको सहकार्यमा यो प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो। सहायक निर्देशक, निर्देशक, सिनेमेटोग्राफर र सम्पादक आश्रुति त्रिपाठी, सञ्चारकर्मी पिंकी श्रीस राना, निर्मात्री प्रशंसा केसी, प्रसुना देवी डंगोल र स्मृति बस्नेत डकफेस्टमा सहभागी हुनेछन्। कार्यक्रमलाई चलचित्र विकास बोर्ड नेपालले सहयोग गरिरहेको छ।
सन् २०२२ देखि नेपाली फिल्म उद्योगमा लैंगिक समावेशीकरण र प्रतिनिधित्व सुनिश्चित गर्न यी सहकार्यकर्ताले मिलेर काम गरिरहेका छन्। व्यावसायिक विकासको अवसरको रुपमा, यस वर्षको सुरुआतमा फिचर-लम्बाइका परियोजनामा काम गर्ने महिला निर्माता र निर्देशकका लागि आवेदन आह्वान गरिएको थियो। जसमार्फत १० विविध नेपाली महिला फिल्म निर्माताको समूहले भर्चुअल सत्रमा भाग लिएका थिए। सहभागीमध्ये पाँचजना, ब्रिटिस काउन्सिलको सहयोगमार्फत, कार्यशाला सत्रबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सेफिल्ड डकफेस्टमा जानेछन्।
यो विशेष कार्यक्रम संयुक्तरुपमा आयोजना गर्नुको मुख्य उद्देश्य भएको यी युवा महिलालाई सेफिल्ड डकफेस्टमा जान र कार्यक्रमका लागि तयारी गर्न, सम्भावित सहयोगीहरुलाई भेट्न र आफ्ना विचार प्रस्तुत गर्न अवसर प्रदान गर्नु हो टास्कोभस्की फिल्म्सकी सीईओ तथा संस्थापक इरेना तास्कोभस्की भन्छिन्।
नेपालका महिला फिल्म निर्मातालाई क्षमता निर्माण गर्न र आफ्नो कामको प्रवद्र्धन गर्न सक्ने प्लेटफर्ममा उनीहरुको पहुँच बनाउनु महङ्कवपूर्ण हुनेछु बोर्डका फिल्म अभिलेख, सूचना तथा अन्तर्राष्टिझय सम्बन्ध अधिकारी चिरञ्जीवी गुरागाईं भन्छन्।











प्रतिक्रिया