कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प



पोखरा ।

कास्कीको लुम्ले आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४‍‍.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । क्षतिको विवरण प्राप्त नभएपनि राति सुतेका मानिसहरु उठेर सडकमा निस्किएका थिए । यसअघि गत जेठ २८ गते भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्