पर्सिदेखि हिसान एडुफेयर



काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) र कान्तिपुर पब्लिकेसनको संयुक्त आयोजनामा पर्सि असार १० गतेदेखि १३ गतेसम्म सातौ कान्तिपुर हिसान एडुफेयर आयोजना हुने भएको छ ।

नेपालमै पनि उत्कृष्ठ शिक्षा पाइन्छ भन्ने नाराका साथ आयोजना हुने मेलामा एक हजार विद्यार्थीलाई पुर्ण तथा आंशिक छात्रवृति दिइने भएको छ । मेलाको बारेमा जानकारी गराउँदै संयोजक युवराज शर्माले मेलामा नेपालका उत्कृष्ट शिक्षालय र विश्वविद्यालय एकै ठाउँमा भेला हुने जानकारी दिए ।

उनले लाखौ विद्यार्थी विदेशिदा पनि सरकारले कुनै पहल गर्न नसकेको आरोप लगाए । भने– वर्षमा झण्डै एकलाख विद्यार्थीबाट वार्षिक ७० अर्ब रुपियाँ विदेशिन्छ । अध्ययनको शिलशिलामा युरोप, अमेरिका, क्यानडा, बेलायत, जापान लगायत विकसित मुलुकमा जाने विद्यार्थी मध्य ५ प्रतिशत पनि फर्किदैनन् ।

सार्क र चीन लगायत केही मुलुकमा पुग्ने विद्यार्थी मात्र नेपाल फर्कने गरेको चर्चा गर्दै संयोजक शर्माले भने– यस्तो अवस्थामा पुगेको मुलुकको शैक्षिक उन्नति गर्नुपर्ने अवस्था आएको छ ।

युवा जनशक्तिलाई नेपालमै उत्कृष्ट शिक्षाको अवसर दिन मेला आयोजना गर्न लागेको उनको भनाइ छ । मेलाको बारेमा जानकारी दिँदै हिसानका अध्यक्ष रमेश सिलवालले विदेश जाने विद्यार्थी र अभिभावकले अध्ययन गर्न विदेश जान लागेका विद्यार्थीलाई रोकन नसकिने तर्क राख्दै त्यसलाई जोगाउन सरकारले नीति ल्याउनुपर्ने बताए ।

‘नेपालमा शैक्षिकसत्र अगावै भर्ना गर्न रोक लगाइएको छ, विदेशीमा रहेका विश्वविद्यालयले नेपालको तारे होटलमा सेमिनार गरी ठाउँको ठाउँ भर्ना गरी अर्बौ रुपियाँ विदेश लैजादा सरकार हेरेर बसिरहेको छ– सरकारको कदमको विरोध जनाउँदै उनले भने । यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई विदेश पठाउने कि नेपालमै उत्कृष्ट शिक्षा दिने भन्ने विषयमा अभिभावकले सोच्नुपर्ने बेला आएको छ ।

अध्यक्ष सिलवालले समयमै भर्ना खोल्न नसक्दा चिकित्सा क्षेत्रमा उतिर्ण भएका विद्यार्थीले पढ्न नपाएको तीतो यतार्थ सुनाउँदै भने– नेपालमा डाक्टर उत्पादन गर्ने चिकित्सा शिक्षाको अवस्था यस्तो छ भने अन्य विषयमा के होला । उनले सबै विश्वविद्यालयले शैक्षिकसत्र अगावै शैक्षिक क्यालेण्डर बनाएर लागु गर्नुपर्ने बताए ।

माइ सेकेण्ड चिटर मुख्य प्रायोजक रहेको मेलामा पुर्वाञ्चल, काठमाडौं विश्वविद्यालयका कलेजहरुको स्टल रहनेछ । भृकुटीमण्डपमा आयोजना हुन लागेको मेलामा करिब ५ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन् । मेलामा करिक सयभन्दा बढी प्लसटु कलेजको स्टल रहने छ ।

प्रतिक्रिया दिनुहोस्