एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

एनआरएनएको सचिवालयमा आज आयोजिक एक कार्यक्रमबीच उक्त चेक केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई हस्तान्तण गरेका थिए ।

कार्यक्रममा डा महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरेका थिए ।