इच्छाराजलाई छुटाउन, न्यायाधीश-वकिलले दुई करोड घुस लिने गोप्य अडियो बाहिरीयो (अडियोसहित)



काठमाडौं ।

व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो बाहिरीएकाे छ ।

निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको नाम लिँदै नेपाल बार एशोशियशनका निवर्तमान कोषाध्यक्ष रुद्र प्रसाद पोखरेल र जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाबीच घुस वार्ता भएको हो ।

सर्वसाधरणको ७ अर्बभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीद्वारा पक्राउ परेका तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठलाई मुद्दा चलाएको थियो ।

तामाङ र श्रेष्ठलाई धरौटीमा छाड्ने विषयमा यस्तो कुराकानी भएको हो । अडियोमा वकिल पोखरेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाएबापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन् ।

अडियाे स्राेत : दियाे पाेष्ट

प्रतिक्रिया दिनुहोस्