हिस्सी परेकी अभिनेत्रीको रुट क्यानल सर्जरी पश्चात् कुरूप बन्यो अनुहार

0
Shares

काठमाडौं । हिस्सी परेकी कन्नड अभिनेत्री सतीशको गलत तरिकाले भएको रुट क्यानल सर्जरीका कारण अनुहारको स्वरुप डर लाग्दो गरि बिग्रीएको छ ।

दातको उपचार स्वरुप गरिएको उक्त सर्जरीपछि उनको अनुहारको तस्विर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जस्मा उनलाई चिन्न समेत मुस्किल पर्छ ।

करिव एक महिना अघि गरिएको उनको दातको सर्जरी पश्चात् अचानक अनुहार सुन्निएपछि उनको स्वरूप नै बदलिएको हो ।

भारतीय सञ्चार माध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले सर्जरी गर्ने डाक्टरको गल्तीका कारण आफ्नो अनुहार कुरूप भएको बताइन् ।

जसका कारण आफूले फिल्म, मोडलिङ लगायतका काम नपाएकोले डाक्टरविरुद्ध एफआरआई दर्ता गर्ने बताएकी छिन् ।

तर, उनको डाक्टरले भने सर्जरीको समयमा आएको जटिलताका कारण उक्त समस्या देखिएको बताएका छन् । साथै उनले अभिनेत्रीले बिना प्रमाण आफूमाथि गलत आरोप लगाउँदै आएको समेत बताएका छन् ।