भारतीय राजदूतावासमा प्रधानमन्त्री देउवाको पस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो



काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ८ औँ अन्तराष्टिÈय योग दिवस मनाइएको छ । प्रम देउवाको उपस्थितिमा मंगलबार दूतावासमा आयोजित अन्तर्राष्टिÈय योग दिवस मनाइएको हो


दिवसको अवसरमा बोल्दै देउवाले योगाभ्यासले मानवको तन र मनमा सकारात्मक उर्जा थप्ने बताए । उनले योग दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे ।

हेर्नुहोस् विज्ञप्ति :

काठमाडौं
प्रेस विज्ञप्ति

प्रधानमन्त्रीको पस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस–२०२२ मनाइयो

१. भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि माननीय सञ्चार तथ सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गर्नुभयो । दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

२. यो कार्यक्रम जारी ‘‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो । योग अभ्यासका फाइदाबारे जोड दिदै यस वर्षको योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको छ ।

३ं कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरियो । योगमा अभिरुचि भएका करिब ६०० जनाले उक्त योग सत्रमा सहभागी थिए । भारत सरकारको ‘न्गबचमष्बल च्ष्लन –इलभ क्गल, इलभ भ्बचतजु को एक हिस्सा अनुरुप दूरदर्शनमार्फत यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरियो ।

४ं योग दिवसको पूर्वसन्ध्यामा दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गर्यो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपामा आयोजना गरे ।

५. सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।

काठमाडौं
२०७९ आषाढ ७ गते

प्रतिक्रिया दिनुहोस्