८औँ अन्तर्राष्ट्रिय योग दिवस : गृहमन्त्री खाँण योगाभ्यासमा सरिक

0
Shares

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँण योगाभ्यासमा सरिक भएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित योगाभ्यासमा खाँण सरिक भएका हुन् ।

‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आर्ट अफ लिभिङ्ग सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको थियो ।

योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खाँणले विज्ञान र प्रविधिको विकासको गति सँगसँगै मानिसको जीवन झनझन् व्यस्त हुँदै गइरहेको बताए । व्यस्त जीवन शैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

योग कार्यक्रममा आधा घण्टासम्म योगाभ्यास गरिएको थियो ।

उक्त कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्दीय अध्यक्ष श्रीमती अनिता अर्याललगायत संघका पदाधिकारीहरु, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता बैद्य, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि थिए ।