माधव नेपालको प्रस्ताव पारित, केन्द्रीय कमिटी बैठक कहिले ?



काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव पारित भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको प्रस्ताव पारित गरेको हो ।

हिजो (सोमबार) सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गरेको छ । बैठकले ११ बुँदे विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।

एकीकृत समाजवादीले यही असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने केन्द्रीय परिषद्को बैठक १३ र १४ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्