योग गर्नु भनेको शारिरीक रुपमा स्वस्थ्य र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले



??????????????? ??? ?????? ?????? ??????? ?????????? ?????? ?????? ??????????? ??????? ????? ????? ????????, ?????? ??? ?????? ????????????? ??????????? ??? ? ?????? ? ???? ???????, ????

काठमाडौँ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारिरीक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपमले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मुल समारोह समिति शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आज सैनिक खेलकुद मञ्च भद्रकालीमा आयोजना गरेको कार्यक्रमलाई शुभकामना दिनु हुँदै मन्त्री आलेले मन र मस्तिष्कको सन्तुलन नै योग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम नागरिक निरोगी बन्न तथा मन र मस्तिष्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानब जिवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सन्तुलित शारिरीक र मानसिक रुपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताउनुभयो ।

सजगता, संयमता र लगनशिलता जस्ता महत्वपूर्ण मूल्यहरु मार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्ने समेत मन्त्री आलेले जानकारी गराउनुभयो । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उहाँले बताउनुभयो । स्वस्थ, स्वास्थ्य तथा सन्तुलित सम्बन्धले व्यक्ति मात्र नभई समुदायमा समेत स्वच्छता र सहिष्णुता प्रबर्दन गर्ने भएकाले आम नागरिकले योग गर्न आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो ।

यसैगरी मन्त्री आलेले नेपाल परापूर्व कालदेखि नै ऋषि महर्षिहरुको योगभूमि भएको र हिमवत् खण्ड योगको उद्गमस्थल पनि भएको दाबी गर्नुभयो । आदि योगी मानिने भगवान शिवको तपोभूमिका साथै योग प्रवर्तक पतञ्जलिको जन्मभूमि रहेको नेपालले योगलाई सांस्कृतिक सम्पदाको रुपमा अङ्गिकार गरेको मन्त्री आलेको भनाइ थियो । उहाँले थप भन्नुभयो, “हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नु पर्ने वानीको विकास गर्ने छौँ ।”

योगको अभ्यास र आयुर्वेदको प्रयोग सफल प्राचीन उपचार पद्दतीको रुपमा विकास हुँदै आएर अहिलेको अवस्थामा झन् महत्वपूर्ण साबित भएको समेत उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मुल समारोह समितिका उपसंयोजक समेत रहनु भएका मन्त्री आलेले योगलाई अध्ययन र सिकाईको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गर्नुभयो । हरेक तवरले स्वस्थ र स्वच्छ जिवनको लागि महत्वपूर्ण रहने योगका सम्बन्धमा चेतना फैलाउन आजको कार्यक्रमले सहयोग पु-याउने मन्त्री आलेले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्