बुधबारदेखि आन्तरिक हवाई सेवा अवरुद्ध, ५ बुँदे माग राख्दै हवाई सेवा कम्पनीहरू आन्दोलित



काठमाडौं । निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले हवाई उडान सेवा अवरुद्ध गर्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गरेको भन्दै संघले हवाई उडान सेवा अवरुद्ध गर्ने जनाएको छ ।

आज पत्रकार सम्मेलन गर्दै संघले भोलि (बुधबार)देखि हवाई सेवा अवरुद्ध गर्ने भएको छ । यसअघि सरकार र नेपाल वायु सेवा सञ्चालक संघबीच भएको सम्झौता कार्यान्वयन गर्नुको साटो उल्टै एकपक्षीय ढंगबाट वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरेको भन्दै बुधबारदेखि हवाई उडान सेवा अवरुद्ध गर्ने जनाइएको छ ।

उक्त संघले पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । संघले आफ्ना माग यथाशीघ्र सम्बोधन नभए मंलबारदेखि सम्पूर्ण हवाई सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

उसले आफ्ना माग सम्बोधन नगरिए हेलिकप्टर तथा आन्तरिक हवाई उडान सेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालिन उद्धार सेवासमेत बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्