वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित



काठमाडौं । 

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।

अधिकारीलाई जेठ २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानि पु-याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।

अधिकारीमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय भएको छ । कर्मचारीमाथि दुव्र्यवहार गरेको लगायतका सबै विषयमा छानविन गर्न समिति गठन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्