आयो हाँस्ने खेल्ने बेलैमा



काठमाडाैं ।

प्रेमकथामा बनेको फिल्म सम्झना–बिर्सनामा समावेश हाास्ने खेल्ने बेलैमा सार्वजनिक गरिएको छ।

आगामी असार ३१ गते प्रदर्शन हुने गीतमा किरण गजमेर र अञ्जु पन्तको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र पूजा शर्मालाई फिचरिङ गरिएको छ।अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्ममा लेखन र निर्देशन निमेष प्रधानको रहेको छ।

प्रतिक्रिया दिनुहोस्