सांस्कृतिक संस्थानको स्वर्ण वर्ष



काठमाडाैं  ।

सांस्कृतिक संस्थानले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा स्थापनाको स्वर्ण वर्ष मनाएको छ। मंगलबारसम्म चल्ने स्वर्ण महोत्सवको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकर्मीलाई सम्मान गरेकी छन्।

सो अवसरमा जनही ५१ हजार रुपियाँ सहित रंगकर्मी तथा प्रथम नायिका भुवन चन्दलाई दीर्घ साधना सम्मान २०७९, रंगकर्मी ओममणि शर्मालाई राष्ट्रिय नाटरु पुरस्कार २०७९, संगीतकर्मी प्रेमदेव गिरीलाई राष्ट्रिय संगीत पुरस्कार २०७९ र नृत्यकार सुरेश मिश्रलाई राष्ट्रिय नृत्य पुरस्कार २०७९ बाट सम्मानित र पुरस्कृत गरिएको छ।

समारोहमा राष्ट्रपति भण्डारीले संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिन्। सो अवसरमा प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाटाँ संयोजन र लोकराज राईको नृत्य संयोजनमा स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएका थिए। संस्थानले स्वर्ण वर्ष विशेष कार्यक्रमका रुपमा वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले नेपालको अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनस्र्थापित गर्न योगदान दिने विश्वास व्यक्त गरिन्। संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्