एमी अवार्डमा नेपाललाई पहिलो सफलता

सरस्वती पूजाको वृत्तचित्रले जसवन्तलाई जितायो अवार्ड



काठमाडाैं ।

विश्व टेलिभिजन जगत्को प्रतिष्ठित एमी अवार्डअन्तर्गत ४९ औँ संस्करणको डे टाइम क्रियटिभ आर्टस एमी अवार्डस्मा नेपाललाई पहिलोपटक सफलता हासिल भएको छ।

नेपालका अभिनेता तथा डकुमेन्टिझ निर्माता जसवन्तदेव श्रेष्ठको लेखन, निर्देशन र निर्माणमा सरस्वती पूजाको विषयमा निर्मित सांस्कृतिक वृत्तचित्र फेस्टिभल अफ सरस्वती पूजा सो अवार्ड समारोहमा आउट स्ट्यान्डिङ अचिभमेन्ट इन द रिलिजिन विधाको अवार्ड चुम्न सफल भएको छ। नेपालले एमी अवार्ड जितेको यो पहिलो रेकर्ड हो।आइतबार राति अमेरिकाको क्लालिफोर्नियामा पाम स्प्रिध्रमा नेशनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साईन्सेज प्यासिफिक साउथवेस्टद्वारा आयोजित समारोहमा अवार्ड चुमेपछि .उनले उक्त अवार्डले फिल्ममार्फत नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउन ऊर्जा थपिएको बताए।

अमेरिका निवासी नेपाली मूलका श्रेष्ठको विभिन्न सिर्जना नौपटक एमी अवार्डको नोमिनेसनमा परिसकेका छन्। उनको फेस्टिभल नामक सिरीजका तीन वृत्तचित्र फेस्टिभल अफ दशैं, फेस्टिभल अफ सरस्वती पूजा र फेस्टिभल अफ महाशिवरात्री गरी तीन वृत्तचित्र एमी अवार्डको नेमिनेसनमा परेका थिए। उनको यी वृत्तचित्र डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो।

समारोहमा द कँइली क्ल्यार्कशन शोले टेक्निकल टिम, क्यामेरा वर्क भिडियो, लाइटिङ डिरेक्शन, मल्टिपल क्यामेरा एडिटिङ, लाइभ साउन्ड मिक्सिङ एन्ड साउन्ड एडिटिङ र आर्ट डिरेक्सनसहित सर्वाधिक पाँच अवार्ड आफ्नो पोल्टामा पाड्डयो। त्यस्तै, नेटप्mलिक्सको स्पार्किध्र जोय मारिया कोन्डाले लाइफस्टाइल प्रोग्रामको अवार्ड चुम्दा पेन्गिुइन टाउनले ट्राभल एडभेन्चर एन्ड नेचर र छायांकन, यु भीएसः आउट कोल्डले डे टाइम होस्ट र इन्ट-याक्टिभ मिडिया फर अ डे टाइम प्रोगाम, होम वर्क मंगोलियन नेटकर्वटाउनले इन्स्ट्रक्सन एन्ड हाउ टु प्रोगाम, फ्रस्ट फिल्मले आर्ट एन्ड पप कल्चर, हेडस्पेस: गाइड टु मेडिटेसनले मेन टाइटल एन्ड ग्राफिक डिजाइनसहित नौ अवार्ड जितेको छ।

 अवार्ड समारोहमा मोर्डन कम्फर्ट फुडले कुलिनरी सिरिज बेएरफुट कन्टेसाले, स्ट्रगल मीलले कुिलनरी होस्ट, जुडी जस्टिसले लिगल कोर्टरुम, सेल्टर मी सोल अवाकेन्डले डे टाइम प्रोग्राम र डिरेक्टिङ टिम फर अ सिंगल क्यामेरा डेटाइम नन फिक्सन, द एलेन डिजेनेरेसनले डे टाइम नन फिक्ससन राइटिङ टिम, नाइन्टिफिफ्थ एनुअल मेसिज थ्याङ्स गिभिङ डे परेडलले डिरेक्टिङ टिम फर मल्टिपल क्यामेरा डेटाइम नन फिक्सन, द बोल्ड एन्ड ब्युटिफुलले गेस्ट पर्फमेन्स टेड किङ, कर्नरस्टोन: फाइन्डिङ भ्वाइस अफ द ब्ल्याक चर्चले शर्ट फर्म डे टाइम प्रोगाम, इटरटेन्मेट टुनाईटले डेटाइम प्रोमोसनल अनाउन्समेन्ट, क्याट पिपुलले म्युजिक डिरेक्सन र कम्पोजिसन, द योङ एन्ड रेस्टलेसले ओरिजनल सङ र कास्टिङ, पावर अन द स्टोरी अफ बक्सले सिंगल क्यामेरा इडिटिङ, द ड्रयु ब्यारिमोर शोले कस्ट्युम डिजाइन र स्पेसल इफेक्ट कस्ट्युम मेक अप एन्ड हेएर स्टाइलिङ, रेड टेबल टक: द स्टेफन्सले केश सज्जाको र द रीयलले श्रृंगार विधाको अवार्ड चुमे।

प्रतिक्रिया दिनुहोस्