डच कप्तान पिटरको संन्यास



DELHI, INDIA – MARCH 09: Pieter Seelaar of the Netherlands celebrates after taking the wicket of Virender Sehwag of India during the 2011 ICC Cricket World Cup Group B match between India and the Netherlands at Feroz Shah Kotla stadium on March 9, 2011 in Delhi, India. (Photo by Daniel Berehulak/Getty Images)

एजेन्सी  ।

नेदरल्यान्ड्स पुरुष क्रिकेट टोलीका कप्तान पिटर सिलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।
लगातार ढाडको समस्याबाट गुजिँदै आएका ३४ वर्षीय पिटरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको आइसीसीले जनाएको हो ।

उनले विगत चार वर्षदेखि डच टोलीका कप्तानी सम्हाल्दै आएका थिए । सन् २०१८ मा पिटर बोरेनले संन्यास लिएपछि सिलार कप्तान बनेका थिए ।

उनले सन् २००५ मा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । २०१८ बाट भने पिटरले कप्तानीको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले नेदरल्यान्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको संन्याससँगै अब डच टोलीको कप्तानी पिटर एडवार्डले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्