चेल्सीका अध्यक्षले राजीनामा दिने



एजेन्सी । 

इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका अध्यक्ष ब्रुस बकले यो महिनाको अन्तिममा राजीनामा दिने भएका छन् ।
बकले यही ३० जुनमा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । १९ वर्षीय कार्यकालपछि उनले चेल्सीको अध्यक्ष पदबाट राजीनामा दिन लागेका हुन् । लामो समय क्लबको जिम्मेवारी सम्हालेका ७६ वर्षका ब्रसले राजीनामा दिन घोषणा गरेको चेल्सीले जनाएको छ ।

सन् २००३ मा चेल्सीको अध्यक्ष पदमा नियुक्त भएका अमेरिकी ब्रसले अध्यक्ष पदबाट राजीनामा दिए पनि त्यसपछि वरिष्ठ सल्लाहकारको रूपमा क्लबलाई सघाउने बताइएको छ । ब्रुसको अध्यक्षतामा चेल्सी पुरुष टोलीले १८ प्रमुख उपाधि जित्दा महिला टोलीले १२ उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्