लाहुरे अब एन्टी ड्रग क्याम्पिँ एम्बेस्डर


पोखराका ३३ वर्षीय आशिष राना अर्थात् -यापर लाउरे। गत वर्ष पुस १४ गते लागुऔषध मुद्दामा उनीसहित अन्य ४ जना पक्राउ परेका थिए।

उनले लागुऔषध सेवन गर्ने गरेको पनि स्वीकार गरे। तीन महिनापछि उनी ५० हजार रुपैयाँ धरौटीमा छुटे। ५६ दिन प्रहरी हिरासतमा बसेका तीनै लाहुरे अब भने नयाँ जीवन सुरु गर्ने सुरसारमा छन्। जेल बस्दा प्रहरीले गरेको व्यवहारले आफूलाई बदलिने साहस मिलेको लाहुरे बताउँछन्।

ह्युमनलाई पोजेटिभ टिझट गरे पोजेटिभ र नेगेटिभ टि  ट गरे नगेटिभ नै हुँदो रहेछ। मलाई तयहाँ जसरी पोजेटिभ टिझट गरियो, त्यसले मलाई पनि एडिग्सनबाट बाहिर निस्किने उर्जा मिल्यो उनले भने। प्रहरीकै सहायतामा अब उनी एन्टी ड्रग क्याम्पिनको ब्रान्ड एम्बेस्डर बन्दै छन्।

-यापरहरु बढी एडिग हुनाको कारण मन खोलेर सत्य तथ्य बाहिर ल्याउनका लागि भएको उनी बताउँछन्। लाहुरेले ५६ दिन हिरासतको भोगाइलाई पनि छिद्मै (यापमा ल्याउँदै छन्। यस्तै उनले आज सोमबार पोखरा सभागृहमा आफ्नो जीवनको परिवर्तनको कथा र प्रस्तुतिसमेत राख्दै छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले भने लाहुरेको परिवारको अपिलका कारण आफूहरुलाई परिवर्तन गराउने ठूलो आँट आएको बताए। हिरासतमा हुँदा आशिष रानाजीको परिवार धेरैपटक आउनुभयो। उहाँहरुको त्यो अपिल निकै हृदयविदारक थियोु उनले सुनाए, त्यसपछि मैले आशिषलाई पटक-पटक भेटेर काउन्सिलिङ गरेँ। हाम्रो प्रयास भनेको कुलतमा फसेका युवालाई त्यसबाट बाहिर निकाल्ने हो।