दोखको वनचरी उड्यो


अनुप बरालद्वारा निर्देशित फिल्म दोखको शीर्ष गीत हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

वनचरी उड्यो बोलको गीतमा लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङको स्वर छ। गुरुङले पहिलोपटक फिल्मका लागि गीत गाएका हुन्। फिल्ममा गीत गाउँदिन भनेर बसेको थिएँ। नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ कार्यक्रममा गुरुङले भने सिर्जना गर्न साह्रै गाह्रो छ। सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ।

कवि तथा गीतकार श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीत नेपथ्य ब्यान्डले नै एरेन्ज गरेको छ। गीतले फिल्मको आवरण बोलेको छ भने अधिकांश कलाकारलाई गीतमा प्रस्तुत गरिएको छ। लाइभ रेकडिङको प्रचलन करिबकरिब हटिसकेको अवस्थामा वनचरी उड्यो गीत भने लाइभ रेकडिङ गरिएको निर्माण समूहले जानकारी गराएको छ।

आगामी असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्ममा कथा राजन कठेतले लेखेका छन्। माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगरलगायतका कलाकारले अभिनय गरका छन्।

सविन ज्ञवाली र मनोज अधिकारीद्वारा निर्मिति फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता रहेको फिल्मको एसोसियट निर्माताको øपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीण पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भद्मराई रहेका छन्।