नेवार संस्कृतिक संरक्षण गर्न संग्रहालय बन्दै



डोटी । 

डोटीमा नेवार संग्रहालय बन्ने भएको छ । लोक परम्परादेखि चल्दै आएको नेवार समुदायको संस्कृतिक संरक्षण तथा सम्वद्र्धन गरी नेवार

समुदायको पहिचान बढाउने उद्देश्यले उक्त संग्रहालय स्थापना गर्न लागिएको हो ।
संग्रहालय निर्माणका लागि आवश्यक भवनको एक कार्यक्रमका बीच आइतबार शिलान्यास गरिएको थियो । दिपायल सिलगढी नगरपालिका–५ भीमसेन मन्दिर नजिक बन्ने उक्त संग्रहालय भवनको जिल्ला समन्वय समिति डोटीका अध्यक्ष लक्ष्मणबहादुर सिंहले शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारद्वारा विनियोजित ३० लाख रुपियाँको लागतमा उक्त संग्रहालय भवनको निर्माण गरिन लागिएको उहाँले बताउनुभयो ।

भवन निर्माणकार्य शहरी विकास कार्यालय राजपुरलाई दिएको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने प्रादेशिक नेवार संग्राहलय समिति डोटीका अध्यक्ष नीरज श्रेष्ठले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्