जेनिफर अब बलिउड फिल्ममा

0
Shares

काठमाडौं । जेनिफर विटेगलाई दर्शकहरुले भारतीय टेलिभिजन शोहरुमा विभिन्न भूमिका निभाउँदै आएकी देखेका छन् । कुमुद, माया लगायत भूमिकामार्फत दर्शकको मनमा विशेष स्थान बनाउन सफल जेनिफरका फ्यानहरुका लागि उनले खुशीको खवर दिएकी छिन् ।

उनी अब टेलिभिजनबाट बलिउड फिल्म डेब्युको तयारीमा लागेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जेनिफर छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ स्क्रिन शेएर गर्दै छिन्।तर यस बारे जेनिफर तथा कार्तिक आर्यन भने केहि बोलेका छैनन् । उनका फ्यानहरु भने जेनिफरको बलिउड डेब्युको खवरले निकै उत्साहित देखिएका छन् ।

जेनिफर टेलिभिजनमा काम गर्ने महंगो अभिनेत्रीहरुमा गनिन्छिन् दर्शकले उनलाई चर्चित धारावाहिक कसौटी जिन्दगी मे मा निर्वाह गरेको स्नेहा बजाजको रोलमा निकै रुचाएका थिए भने बेहदमा मायाको भूमिका निभाएर दर्शकको माया पाएकी थिइन् ।