झन्डै १२ घण्टापछि खुल्यो सिन्धुलीकाे अवरुद्ध सडक (फोटोसहित)

0
Shares

ग्वाल्टार ।

मध्ये पहाडी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा बर्षाका कारण खसेको पहिरोले अवरुद्ध सडक झन्डै १२ घण्टा पछि खुलेको छ ।

शनिबार राती परेको बर्षाका कारण गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा पहिरो खसेको हो । पहिरोका कारण शनिवार राति ११ बजे देखि अवरुद्ध भएको सडक आईतवार दिउँसो १२ बजेपछि खुलको प्रहरीले जनाएको छ ।

आईतवार विहानै देखि जेसिबिले पहिरो पन्छाएर एक तर्फी रूपमा सडक संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरीक्षक मनोज कुमार लामाले बताउनुभयो । सडक अबरुद्ध हुदाँ पुर्वी जिल्लाहरू ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगाएतका ठाउँका यात्रु अलपत्र परेका छन् ।