देशभर चिसो मान्छे

0
Shares

पशुपतिप्रसाद, आमाजस्ता प्रशंसित फिल्मका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित पछिल्लो फिल्म चिसो मान्छे आज शुक्रबारदेखि देशभरबाट प्रदर्शनमा आउने भएको छ।

वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि नवयौवन भर्खर सुरु हुँदै गरेकी युवतीमा परेको मानसिक चोट र त्यसबाट सिर्जित विभिन्न परिस्थितीको मार्मिक तथा रोचक कथा बुनिएको फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाल प्रमुख भूमिकामा छन् । नयाँ पुस्ताले पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवात गर्ने प्रेरणा दिने भनिएको फिल्ममा निर्देशक खनालले काठमाडौंदेखि बाजुरासम्मको शवसँगको यात्रा देखाएका छन्। फिल्ममा स्वस्तिमा बाजुराकी ग्रामीण भेषमा मात्र देखिएकी छैनन्, त्यहीँको लवज र रहनसहनमा प्रस्तुत भएकी छन् । अर्पण र देशभक्तजस्ता कलाकारहरु पनि सोही प्रकारका भूमिकामा छन्।

मलाई धेरै पहिलेदेखि नेपाली माटोमा फिल्म बने हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो गन्ध चिसो मान्छेमा छ। यो कथा गाउँ गाउँमा घुमेको कथा हो। यसमा महिलाको पीडा मिठो ढंगले संवादमा व्यक्त भएको छु अभिनेता खनाल भन्छन्। फिल्मका निर्देशक दीपेन्द्र के खनालले चिसो मान्छे आफूले आजसम्म बनाएका फिल्ममध्ये विशेष भएको बताएका छन्। कोभिडको समयमा हाम्रो समाज आफू मात्रै बाँच्ने प्रयास ग-यो। यस हिसाबले यसका सबै पात्र सबै चिसो छन्। यसमा निसासिएको क्यारेक्टर धेरै छु दीपेन्द्रले सुनाए दर्शकले यसमा आफ्नोपन, भाषा र कथा पाउनु हुनेछ। दर्शकको मन छुनेदेखि, सिकाउने, बुझाउनेलगायत धेरै कुरा समेटिएका छन्, जसले हरेक मानिसलाई छुन्छ।

नायिका स्वस्तिमा खड्काले सुदुर पश्चिमको पात्रको भूमिकामा अभिनय गर्ने आफ्नो रहर यही फिल्मबाट पूरा भएको बताइन्। मलाई सुदूर पश्चिमको क्यारेक्टर गर्न एकदमै मन थियो। यो क्यारेक्टरको लागि त्यहाँको भाषा सिक्नुपर्ने थियो। त्यहाँको मान्छे देखिन्छ कि देखिँदैन भन्ने च्यालेन्ज थियो। फेरि बाजुरामै पनि तल्लो र माथ्लो गाउँकै भाषा फरक थियो। त्यसैले, डिबी खड्का दाइबाट बाजुराली भाषा सिक्नुबाहेक डकुमेन्टझी हेर्थेुं स्वस्तिमाले सुनाइन् कस्टयुमको लागि पनि दीपेन्द्र दाइहरुसँग सल्लाह गरेर त्यहाँकै मान्छेबाट उहाँले प्रयोग गरिसकेको कपडा लिएँ। अहिले आएर फिल्ममा आफूलाई सेम बाजुराली महिला देखिएको देखेर म आफै पनि उत्साहित छु। अभिनेता अर्पण थापाले फिल्ममा पात्र मात्र नभएर भौगोलिक कुरादेखि कोभिडसम्म पात्रका रुपमा उभिएको बताए। फिल्मकी निर्मात्री शर्मिला पाण्डेले फिल्म हेरेर आफै छक्क परेको बताइन्।

डीएस डिजिटलको ब्यानरमा बनेको फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन, संगीत सुवास भुसाल र सम्पादन दीर्घ खड्काको रहेको छ भने देशभक्त, अर्पण र स्वस्तिमाका साथमा आशान्त शर्मा, प्रभाकार न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी, संजोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतले अभिनय गरेका छन्। चिसो मान्छे दर्शकका साथमा फिल्मकर्मीले पनि प्रतीक्षा गरिरहेको फिल्म हो।