रविको राजनीतिप्रति रसकस : भन्छन्- रहरले सञ्चारकर्मी, परिस्थितिले राजनीतिज्ञ बनायो



काठमाडौं । मोस्ट पपुलर सञ्चारकर्मी रवि लामिछानेले आजैका दिनदेखि राजनीतिमा लागेको स्वघोषणा गरेका छन् । ग्यालेक्सी फोरके टेलिभिजन त्यागेर राजनीतिमा आएको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा आफू परिस्थितिले राजनीतिज्ञ बनेको लेखेका छन् ।

उनी लेख्छन्, ‘म रहरले सञ्चारकर्मी भएको हुँ, तर परिस्थितिले राजनीतिज्ञ बनायो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु ।’
आगषमी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा रविले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्