एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले संसदमा के बोलेका थिए ? सभामुख भन्छन्- रेकर्डबाट हटाए



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा असंसदीय शब्द बोले । बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले गद्दारी गरेको भन्दै असंसदीय शब्द बोलेका थिए ।

प्रमुख सचेतक भट्टराईले भनेका थिए, ‘देशप्रति गरेको गद्दारी शब्द कुनै हालतमा असंसदीय हुँदैन्। अनाधिकृत व्यक्तिलाई मध्यरात अर्थ मन्त्रालयमा पसाएको कुरा राष्ट्रघात हुन्छ कि मैले प्रयोग गरेको शब्द राष्ट्रघात हुन्छ ।’

उनको यो अभिव्यक्ति असंसदीय भएको भन्दै सभामुख अग्नि सापकोटाले रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

केही दिनअघि एक सञ्चार माध्यममा आएको समाचारलाई आधार मान्दै एमालेले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गरी करका दररेट फेरबदल गरेको भन्दै आरोप लगाउँदै आएको छ ।

उसले लगाएको आरोपको पुष्टि गर्न चुनौती दिँदै अर्थमन्त्री शर्माले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । आज (बिहीबार) पनि संसद् बैठकका अर्थमन्त्री शर्माले एमालेले लगाएको आरोप अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्