प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित



k|ltlglw;esf] a}7sdf ;xefuL ;f+;b sf7df8f}F, @& h]7 . k|ltlglw;ef ejg, afg]Zj/df z’qmaf/ ;’? ePsf] k|ltlglw;efsf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ ।

प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्