सेनाको झुटको पुलिन्दा बाहिरियो : अमेरिकी एसपीपीमा संलग्न हुन सेनाले नै ७ वर्षअघि पठाएको थियो पत्र (पत्रसहित)


काठमाडौं । स्टेट पाटनर्शीप प्रोग्राम (एसपीपी)मा संलग्न हुन नेपाली सेनाले आजभन्दा ७ वर्ष पहिले अर्थात् सन् २०१५ मा पत्राचार गरेको पाइएको छ ।

सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पाटनर्शीप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पाइएको हो ।

त्यतिचबेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा भर्खरै नियुक्त भएका थिए । उनी प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको हिजो (बुधबार) अमेरिकी दूतावासले पत्रकारसँगको कुराकानीमा प्रष्टीकरण दिएको थियो ।

बुधबार नै नेपाली सेनाले एक विज्ञप्ति जारी गरी एसपीपीमा सहभागी हुन पत्राचार नगरेको जिकिर गरेको थियो ।

हेर्नुहोस यस्तो छ पत्र :