सरकारको स्पष्टीकरण : अमेरिकी एसपीपी प्रोग्राममा नेपालले सम्झौता गर्दैन



काठमाडौं । अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)मा नेपालले सम्झौता नगर्ने गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारेका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा खाणले यस्तो बताएका हुन् ।

उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने उनले बताए ।

सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने भन्दै खाणले भने, ‘तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँँग सैन्य सन्धि गरेर सेना आउने, नेपालको भूभागमा अर्को देशको सेना आउने, टुँडिखेलमा आएर परेड खेल्ने हुन सक्दैन । यसमा सहमति छैन । नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक हो ।’

प्रतिक्रिया दिनुहोस्