प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अनिश्चित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित भएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

तत्काल मिति तय नभएकाले देउवाको अमेरिका भ्रमण अनिश्चित भएको खाणले बताएका हुन् ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको मिति तय नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणपकाे मिति तत्काललाई तय भएको छैन, यसर्थ उहाँको भ्रमण अनिश्चित छ ।’

स्टेट पाटनर्शिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणको चर्चा चलेको बेला गृहमन्त्री बालकृष्ण खाणले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्