जसपाले एकतामा जोड दिन्छ : किराती



काठमाडौं ।

लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले जसपा फुट्न लागेको आरोपको खण्डन गरेका छन् । प्रवासी नेपाली लगानी बोर्ड एशिया प्यासिफिक कमिटीको कार्यक्रममा राखिएको जिज्ञासालाई सम्बोधनगर्दै किरातीले भने, ‘जसपा फुट्दैन । हाम्रो जोड एकतामा हुन्छ ।’

उनले थपे, ‘सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विरुद्ध हस्ताक्षर अभियान चलाएको कुरा मलाई थाहा छैन । डा. सा’पले त्यस्तो अनैतिक कार्य गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

यदि गर्नुभयो भने वहाँ आफै सकिनुहुन्छ । पार्टीमा अन्तरसङ्घर्ष गर्ने बेलाको सही पहिचान गर्न सकिएन भने एतिहासिक भौतिक द्धन्दवादले सखाप बनाउँछ ।’लोसपाका महन्थ ठाकुर, राजेन्द्र महतोहरुले आत्मालोचना गरेर गल्ती स्वीकार्ने होभने जसपाले अझै एकताको ढोका खुल्ला राखेको र जसपाले फुट र विभाजनमा नभई वृहत एकतामा जोड दिने किरातीले बत्ताएका छन् ।

जसपाको नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रवासी नेपाली लगानी बोर्डका चिफ एड्भाईजरसमेत रहेका किरातीले महङ्गी बढ्नुको प्रमुख कारण उत्पादन र निर्यात प्रशस्त हुन नसक्नु रहेकोले विदेशमा सिकेको सीप र कमाएको पैसा चारआना घडेरी र चारतले घरमा फ्रिज गरेर विदेशमै सधै दाष भएर बस्नुभन्दा स्वदेश फर्केर मालिक बनेर चार जनालाई रोजगार दिन र उत्पादन बढाउनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्