सहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालयको भवन निर्माणमा ढिलाई

सरोकारवाला निकाय बेखवर, विद्यार्थीको पढाई प्रभावित

0
Shares

बझाङ ।

जिल्लाको एकमात्र बहुप्राविधिक शिक्षालयको भवन निमार्णमा ठेकेदार र सरोकारवाला निकायको लापरवाहीले गर्दा विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । जयपृथ्वी नगरपालिका वडानम्बर– ६ अठाला स्थिीत निर्माणधीन अवस्थामा रहेको शहिद वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय भवन निर्माण अलपत्र अवस्थामा रहेको छ ।

नेपाल सरकार अन्तरगर्तको सिटीभिटीबाट शहिद वृर्ष बहादुर सिंह वहुप्राविधिक शिक्षालय भवन निमार्णका लागि २०७८ सालमा १ करोड १८ लाख रकम आएको थियो । शिक्षालय निमार्णका लागि टेन्डर आवहा्न गरी २०७८ जेठ ४ गते अनमोल निर्माण सेवा बझाङका संचालक तथा ठेकेदार हेमन्त भण्डारीले १ करोड १८ लाख को भवन निमार्णको काम ४८ प्रतिशत विलो हाली ५९ लाखमा भवन निमार्ण गर्ने भनि कामको जिम्मा लिएका थिए । निमार्ण कम्पनी र शिक्षालय बीच भएको सम्झौता अनुसार ठेकेदारले काम नगरी भवन निमार्ण अहिले अलपत्र अवस्थामा छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ अठालामा निमार्णधिन अवस्थामा रहेको शहिद वृष बहादुर सिंह बहुप्राबिधिक शिक्षालय भवन तस्बीर ललित सिंह बझाङ्ग

सम्झौता भएको उक्त बहुप्राविधिक शिक्षालय भवन ०७८ मंसिर महिना भित्र निर्माण गरिसक्नुपर्ने भनिएको भएता पनि ठेकेदारको र सरोकारवालाको चरम लापरबाहिले निमार्ण कार्यमा ढिलाई भएको स्थानीयको गुनासो रहेका छ ।भवन निर्माणको टेन्डर पाएको अनमोल निर्माण सेवाका संचालक तथा ठेकेदार हेमन्त भण्डारीलाई काम गर्न पटकपटक ताकेता, आग्रह र आह्वान गर्दा पनि उनले कुनै वास्ता नगरेको बहुप्राविधिक शिक्षालयका प्राविधिक कविन्द्र खड्काले बताए । उनले भने, पठनपाठन गर्नको लागि कक्षा कोठा प्राप्त छैन् । सम्झौता मिति भन्दा एक बर्ष ढिलाई भैसकेको छ । यहि जेठ ३० गते शहिद वृष बहादुर सिंह वहुप्राबिधिक शिक्षालयका संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यालको नेतृत्वमा बैठक बसी ठेकेदारलाई छिटो काम गर्न ताकेता गरिएको थियो तर अहिले सम्म निमार्ण कार्य भएको छैन्।’

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ अठालामा निमार्णधिन अवस्थामा रहेको शहिद वृष बहादुर सिंह बहुप्राबिधिक शिक्षालय भवन तस्बीर ललित सिंह बझाङ्ग

माथिल्लो तलाको निमार्णकार्य गर्नु पर्ने ७ कोठे विद्यालय भवनमा अहिलेसम्म ४२ वटा पिल्लर मात्रै राखेको छ । ठेकेदारले मंसिर महिनामा काम सम्पन्न गर्छुँ भनेका थिए तर १ बर्ष बित्दा समेत उनले कामप्रति कुनै वास्ता नगर्दा ढिलाई भएको हो । ठेकेदार भण्डारीले ७८ मंसिर महिना भित्र सम्पन्न गरिसक्नुपर्ने काममा जोड दिन आनाकानी गरे, दस्रो पटक चैत महिना भित्र निर्माणाधीन भवनको काम सम्पन्न गर्छुँ भनेर सम्झौता पनि गरेका थिए तर एक बर्ष बितीसक्दा पनि भवन अलपत्र रहेको छ ।

बहुप्राबिधिक शिक्षालयमा हाल आई एसी एजि र डिप्लोमा इन् सिभील ईन्जिनियरिङ अध्यापन भैरहेको शिक्षालयमा प्रयाप्त कक्षाकोठा नहुँदा विद्यार्थीहरु ठुलो समस्या खेप्दै आएका छन् । दिनहुँ आफ्नो पठनपाठनमा समस्या हुने गरेको वृष बहादुर सिंह बहुप्राविधिक शिक्षालयका प्रिन्सीपल जिवनदत्त पन्तले बताए । उनले भने, ‘अहिले करिव १५० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । अब यो आर्थिक बर्षमा पनि विद्यार्थी थपन्छिन् तर भवन नहुदाँ समस्या भएको छ ।’

यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लाई सोध्दा उक्त विषयमा आफूलाई जानकारी नभएको र शिक्षालयका शिक्षकलाई सोध्नु भनेर जफाव दिएका छन् । तर प्रमुख जिल्ला अधिकारी नै सो प्राबिधिक शिक्षालयका संचालक समितिको अध्यक्ष रहने विनियम रहेको छ ।

अनमोल निर्माण सेवाका संचालक तथा ठेकेदार हेमन्त भण्डारीले भने निमार्ण सामाग्री आई सकेको छ अब तत्काल निमार्ण कार्य सुरु हुन्छ ।
बझाङ्गी जनताका छोराछोरी आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न पाउँदा हर्षित छन् तर यहाँका जो सरोकारवाला निकायका प्रमुखहरुको लारवाहिले विद्यार्थीको पठनपाठनमा प्रभाव प्रदै गएको छ । जिल्ला प्रमुखलाई सोधे ठेकेदारलाई दोष दिन्छन् । ठेकेदारलाई सोधे काम भैरहेको छ अब हुदै छ भनेर जफाव आउन्छ तर सम्बन्धित ठाउँमा काम भएको हुदैन पीडा जती सोझा जनताको छोराछोरीले खेपीरहेका हुन्छन् । यस्ता कार्यहरुको छिट्टै सामाधान गरी गुण स्तरीय शिक्षा दिन आवश्यक छ ।