नेपालका ४० चलचित्रकर्मीले भीआइपी कक्षप्रयोग गर्न पाउने



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

उहाँहरुले विमानस्थलमा भीआईपी (अति विशिष्ट÷विशिष्ट कक्ष प्रयोग गर्न पाउने भएका छन् । चलचित्र विकास वोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उहाँहरुले भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका छन् । वोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरुमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायतका रहनु भएको छ । वोर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआइपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । बिसं २०७३ सालमा वोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्