कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



काठमाडाैं ।

गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वरमा सजिएको ‘जिन्दगीको गोरेटोमा’ बोलको गीत सार्वजनिक भएको छ । आज(बुधबार) राइज मिडिया नेटवर्क युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

समाजसेवाका साथै नेपाली गीत–संगीत क्षेत्रमा कलम चलाउँदै आएकी गीतकार कमला बोहरा खत्रीले कोरेको शब्दमा गायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन् । प्रसन परियारले संगीत संयोजन गरेको भिडियोमा मनोज सुनार र नबिन सुनारले मिक्सिङको काम गरेका छन् ।
गीतको भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्ललाई मूख्य भूमिकामा देख्न सकिन्छ । भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । जसमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

कुमार कुटुवालले छायाँकन गरेको भिडियोलाई भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् । त्यसैगरी, सिमोन तामाङले भिडियोलाई कलर गरेका छन् । राइज मिडिया नेटवर्कले निर्माण गरेको भिडियोमा अशोक गुरुङले संयोजकको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्